सामसङका नयाँ दुई वटा स्मार्टफोन सार्वजनिक

सामसङका नयाँ दुई वटा स्मार्टफोन सार्वजनिक गरिएको छ।

काठमाडौंको सोल्टी होटलमा आयोजित एक कार्यक्रमबीच नयाँ स्मार्टफोन सार्वजनिक गरिएको छ। सामसङका ‘ग्यालेक्सी जेड फ्लिप-५’ र ‘ग्यालेक्सी जेड फोल्ड-५’ सार्वजनिक गरिएको हो।

सामसङका सह-उपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल-२०२२ प्रियंकारानी जोशीले संयुक्त रूपमा स्मार्टफोन सार्वजनिक गरेका हुन्। कार्यक्रममा ‘ग्यालेक्सी जेड फ्लिप-५’ र ‘ग्यालेक्सी जेड फोल्ड-५’ का विभिन्न विशेषता जस्तै ‘पकेटेबिलिटी’, ‘कभर स्क्रीन’, ‘फ्लेक्स मोड’, ‘वाइड स्क्रीन’, ‘इमर्सिभ भ्यूइङ’, सेल्फी र ‘आईपीएक्स-८’ रेटिङलाई फेशन रन-वेमा मोडलहरूले प्रदर्शन गरेका थिए।

ग्यालेक्सी फोल्डेबलको नयाँ सिरिजले आजका प्रयोगकर्ताको उच्चतम आवश्यकतालाई पूरा गर्ने सामसङ नेपालका निर्देशक स्थापितले बताए।

ग्यालेक्सी जेड फ्लिप-५ तीन वटा रङ मिन्ट, लाभेन्डर र कालोमा उपलब्ध छ। यसको मूल्य एक लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

त्यस्तै, ग्यालेक्सी जेड फोल्ड-५ कालो र नीलोमा रङमा उपलब्ध छ। १२ जीबी मेमोरीका साथै २५६ जीबी भण्डारण क्षमतायुक्त सेटको मूल्य दुई लाख २६ हजार ९९९ रुपैयाँ तथा १२ जीबी मेमोरी र ५१२ जीबी भण्डारण क्षमतायुक्त सेटको मूल्य दुई लाख ३९ हजार ९९९ रुपैयाँ छ।

दुवै मोडलको प्रि-अर्डर साउन २२ गतेदेखि नै शुरू भइसकेको छ। प्रि-अर्डरमा ग्राहकले २५ हजार रुपैयाँसम्म फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।


ताजा खबर