संसद्को बैठकलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने निर्णय

सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको आज बसेको बैठकले संघीय संसद्को बैठकलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भोलिदेखि सुरु हुने संघीय संसद् बैठकमा गर्नुपर्ने कामहरूका बारेमा छलफल भएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले सरकारको सिद्धान्त र प्राथमिकतालाई अहिलेको नीति, बजेट तथा कार्यक्रममा समावेश गर्ने विषयवस्तुका बारेमा पनि छलफल भएको जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने सन्दर्भमा सञ्चारकर्मीहरूको जिज्ञासामा प्रमुख सचेतक पाण्डेले अहिले विश्वासको मत लिने संवैधानिक व्यवस्था नभएको र आवश्यकता समेत नरहेको बताउनुभयो । रासस


ताजा खबर