कूटनीतिक निकायका प्रमुखलाई निर्वाचनबारे जानकारी

निर्वाचन आयोगले काठमाडौँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का बारेमा आयोगको कान्तिपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रमबीच जानकारी गराएको छ ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउन भएका तयारीबारे भनाइ राख्दै उक्त प्रयासमा अन्तर्राष्ट्रिय समुदायले पुर्‍याएको सहयोग र देखाएको सदाशयताको प्रशंसा गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनका अनुभवले आगामी निर्वाचनमा थप सुधार गर्नको निमित्त सहयोग पुग्ने बताउनुभयो ।

आयोगका आयुक्त, उच्च अधिकारी सहभागी कार्यक्रममा काठमाडौँस्थित २० भन्दा बढी कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा आयोगका उपसचिव एवं योजना, अनुगमन तथा वैदेशिक सम्बन्ध शाखाका प्रमुख कमल भट्टराईले निर्वाचनसम्बन्धी विविध जानकारीको प्रस्तुतीकरण गर्नुभएको थियो ।


ताजा खबर