दक्षिण एसियाली खेलकुद (साग) : पुरुष फुटबलमा नेपाललाई सहज समूह

आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष फुटबलमा नेपाल तुलनात्मक रुपमा सहज समूह ‘ए’ मा परेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार गरेको खेल तालिका र टाइसिट ‘ड्र’ अनुसार आयोजक नेपाल तुलनात्मक रुपमा सहज बंगलादेश र भुटान रहेको समूह ‘ए’ मा परेको हो । समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । नेपालले १ डिसेम्वरमा बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ । डिसेम्बर ५ मा नेपालले भुटानसँग खेल्नेछ ।

हरेक समूहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल डिसेम्बर १० मा हुनेछ । सबै खेलहरु त्रिपुरेरश्वरस्थित दरशरथ रंगशालामा हुनेछ । नेपाल सागको पुरुष फुटबलमा डिफेन्डिङ च्याम्पियन हो । १२औं सागमा नेपालले घरेलु टोली भारतलाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको थियो ।

नेपाली टोली लामो समयदेखि बालगोपाल महर्जनको प्रशिक्षकत्वमा रहेर प्रशिक्षण गरिरहेको छ । पछिल्लो साता अनुशासनको कारवाहीमा परेपछि स्टार फरवार्ड विमल घर्तीमगरसहित अन्जन विष्ट र दिनेश राजवंशी भने टोलीमा रहनुका बाबजुद सागमा सहभागी हुने-नहुने अन्यौल पैदा भएको छ ।

नेपाली टोली :

गोलरक्षक : विकेश कुथु, अर्पण कार्की, दीप कार्की

डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, छिरिङ गुरुङ

मिडफिल्डर : सुजल श्रेष्ठ, सुनील बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदेम्बे, तेज तामाङ, मिक्छेन तामाङ

फरवार्ड : विमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा, अन्जन विष्ट


ताजा खबर