नेप्से ४.२३ अङ्कले घट्यो : ४ अर्ब ५८ करोडको कारोबार

बुधबार शेयर बजार परिसूचक (नेप्से) ४.२३ अङ्क (०.१७ प्रतिशत)ले घटेको छ।  

२४३३.२ बिन्दुबाट शुरू भएको बजार उतारचढाव हुँदै २४१४.६३ बिन्दुमा पुगेर रोकिएको हो। 

आज २२८ कम्पनीको ९८ लाख ७९ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ४ अर्ब ५८ करोठ ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बुधबार विकास ब्यांक उपसूमहको सूचक ०.९५, फाइनान्स २.२०, जलविद्युत् ०.२८, लगानी ०.६२, उत्पादन ०.१४, सामूहिक लगानी ०.०४, निर्जीवन बीमा ०.२६ र व्यापार उपसमूहको सूचक १.२० प्रतिशतले बढेको छ। बाँकी उपसूमहको सूचक भने झिनो अङ्कले घटेको छ। 

आज साम्लिङ पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यसको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ। त्यसै गरी दिव्यश्वरी जलविद्युत्‌काे शेयर मूल्य ७.७८, आँखुखोला जलविद्युत् ७.७४, आईसीएफसी फाइनान्स ६.६१ र बेष्ट फाइनान्स कम्पनीको शेयर मूल्य ६.५३ प्रतिशतले बढेको छ। 

आज नयाँ सारथि लघुवित्तको शेयर मूल्य ५.३४ प्रतिशतले घटेको छ। त्यस्तै, जानकी फाइनान्स लिमिटेड ३.७७ र मञ्जुश्री फाइनान्सको शेयर मूल्य ३.४३ प्रतिशतले घटेको छ।   

मंगलबार चाहिं बजार शुरू भएको साढे २ घण्टामै ६ प्रतिशतले सकारात्मक सर्किट लागेपछि कारोबार नै बन्द भएको थियो।


ताजा खबर