पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी

पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी हुनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभएको छ ।

गत साउन ३ बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्नुभएको थियो । त्यसयता सरकारले मन्त्रीपरिषद् विस्तारलाई यथासक्दो चाँडो पूर्णता दिन जोड दिदै आएको छ ।

आजको बैठकमा मन्त्रीपरिषद् विस्तारभन्दा पनि समसामयिक राजनीतिक तथा कार्यदलको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल केन्द्रीकृत रहेको स्वकीय सचिव देउवाको भनाइ छ ।

कार्यदलमा सत्तारुढ गठबन्धनका तर्फबाट काँगेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा नेता डा मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहनुभएको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भने यस कार्यदलमा रहनुभएको छैन ।


ताजा खबर