रोचेस्टरबाट निमाले ल्याए ‘हेर्देउन मायाले’

निमा तामाङको स्वर र बादल लिम्बुको संगीतमा रहेको ‘हेर्देउन मायाले’ बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ।  

लोक लयमा आधारित यस गीतमा  लभद्रकला आङबुहाङ राईको शब्द रहेको छ। म्युजिक भिडियो  विल्सन विक्रम राई ( तक्मे बुडा ), रजनी गुरुङ  बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।  भिडियोमा निमा तामाङ, सुजन राई र बिशाल लिम्बुको समेत अभिनय देख्न सकिन्छ।

पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। भिडियोमा  विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ।  किरण राईको छायांकन र निर्देशनमा भिडियो तयार पारिएको हो।  

भिडियो तक्मेबुडा डट कम मार्फत सार्वजनिक गरिएको हो।  


ताजा खबर