प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि एउटा खेल हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको दोस्रो दिन आज विभागीय क्लब एपीएफ र प्रदेश नम्बर एक आमने सामने छन् । खेल विहान साढे ९ बजेदेखि भइरहेको छ ।
यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रदेश एक सिद्धान्त लोहनीको कप्तानीमा पीएम कप खेल्दै छ भने एपीएफको कप्तानी शरद भेषावकरले गरिरहेका छन् ।
एपीएफको टिम
शरद भेषावकर (कप्तान), वसन्त रेग्मी, सुबास खकुरेल, शंकर राना, प्रदीप ऐरी, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, रित गौतम, किशोर महतो, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला, सूर्य तामाङ र अभिनास बोहरा छन् ।
प्रदेश एकको टिम
सिद्धान्त लोहनी (कप्तान), फिर्दोस अन्सारी, मिनास थापा, दीपक पासवान, राजन मगर (विकेट किपर) शुबशंकर उराव, दीपेश कँडेल, श्रवण यादव, सोनु मण्डल, जोशक खड्का, विवेक मेहता, मनोज तामाङ, ज्ञानेन्द्र श्रेष्ठ र हेमन्त राई रहेका छन् ।
पिएम कप खेल लाईभः
सौजन्यः एक्सन स्पोर्टस् टिभी





















