स्पोर्टस अवार्डको १७ औं संस्करण पुस २८ गते हुने

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजना हुने एनएसजेएफ स्पोर्टस अवार्डको १७ औं संस्करण पुस २८ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आज पत्रकार सम्मेलनको आयोजना गर्दै एनएसजेएफ स्पोर्टस अवार्ड २०७६ को मिति सार्वजनीक गरेको हो । जस अनुसार यस वर्ष १० विधामा पुरस्कार वितरण गरिने भएको छ । जसमा वर्ष उत्कृष्ट पुरुष, महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाईफटाइम एचिभमेन्ट र टिम अफ द इयर गरि ९ विधामा सम्मानित गरिनेछ । कोरोना महामारीका कारण ६ महिना पछी कार्यक्रम हुन लागेको हो ।

नेपालमा आयोजना भएको दक्षिण एसियाली खेलकुद र सागमा नेपालको एतिहासिक सफलताले कोरोना महामारीकाबीच पनि आयोजना गर्न लागेको आयोजकको भनाइ छ ।

स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर पुरस्कार कार्यक्रम सेमी भर्चुअल माध्यमबाट सञ्चालन गरिने आयोजकले जनाएको छ । चार विधाका विजेतालाई मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

२०६२ सालदेखि खेलकुद पत्रकार मञ्चले सो कार्यक्रम नियमित रुपमा आयोजना गर्दै आएको छ ।


ताजा खबर