बाइडेन र ह्यारिश टाइम म्याग्जिनको वर्ष ब्यक्ति चयन

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जोइ बाइडेन र उपराष्ट्रपति कमला ह्यारिश टाइम म्याग्जिनको वर्ष ब्यक्ति चयन हुनुभएको छ ।

टाइमले ट्वीट गर्दै बाइडेन र ह्यारिशको टिकट ऐतिहासिक रहेको उल्लेख गरेको छ ।

डेमोक्रयाट जोडीले फ्रन्टलाइन स्वास्थ्य अधिकारी एन्थोनी फौसी, रङभेद विरुद्धको न्यायिक अभियान र राष्ट्रपति ट्रम्पलाई पराजित गरेको टाइमले लेखेको छ ।

टाइमले सन् १९२७ देखि वर्षको सबैभन्दा प्रभाबशाली ब्यक्तिलाई चयन गर्दै आफ्नो म्याग्जिनको आवरण पृष्ठमा तस्विर प्रकाशित गर्दै आएको छ ।

टाइमले लेखेको छ, “अमेरिकाको कथा परिवर्तन गर्दै द्वेष र अलग्गाउने गतिबिधिभन्दा सहानुभूती ठूलो रहेको र शोकमा रहेको विश्वलाई निको हुने दृष्टि प्रदान गर्ने बाइडेन र ह्यारिश टाइमको वर्ष ब्यक्ति चयन हुनुभएको छ । ”

टाइमले गत् वर्षदेखि वर्ष ब्यक्ति चयन गर्दा वर्षको ब्यवसायि, मनोरञ्जन दिने ब्यक्ति र खेलाडीको विधा थपेको थियो ।

गत् वर्ष स्वीडेनकी ग्रेटा थन्डरवर्ग वर्ष ब्यक्तिमा चयन हुनुभएको थियो । सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्प टाइमको वर्ष ब्यक्ति चयन हुनुभएको थियो ।


ताजा खबर