अर्थमन्त्री विष्णुप्रसाद पौडेलका प्रेस सल्लाहकारमा पत्रकार अ नियुक्त हुनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डि मनिला युनिभर्सिटीबाट सञ्चारमा स्नातकोत्तर र नर्वेको युनिभर्सिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राजुएट गर्नुभएका केसी पत्रकारितामा पिएचडी अध्ययनरत हुनुहुन्छ ।
उहाँसँग कान्तिपुर टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा काम गरेको र त्रिविका बिभिन्न कलेजहरुमा पत्रकारिता अध्यापन गरेको अनुभव छ ।
सेन्टर फर मिडिया रिसर्च नेपालका पूर्वअध्यक्ष केसी यसअघि राष्ट्रिय पुनःर्निमाण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखमा कार्यरत हुनुहुन्थ्यो । –रासस
























