महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले गलत काम गर्ने बालगृहमाथि कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ ।
आज काठमाडौंमा आयोजित कोभिड–१९ संकटका बेला बाल संरक्षणका लागि दक्षिण एशीयाली राष्ट्रहरुबीचको सहकार्य विषयक भर्चुअल बैठकमा मन्त्री गुरुङले बालबालिकाको हितमा केन्द्रित भएर काम गर्न सम्बन्धित सबै निकायलाई आह्वान आग्रह गर्नुभयो ।
मन्त्री गुरुङले सरकारले अनाथ तथा असहाय बालबालिकाहरुको उचित व्यवस्था हुने गरी बालबालिका सम्बन्धि १० वर्षे रणनीतिक योजना तयार पार्ने कामलाई अन्तिम चरणमा पुर्याएको जानकारी दिनु भयो ।
उहाँले एक वर्ष भित्र नेपाललाई सडक बालबालिका मुक्त देश घोषणा गर्ने तयारी भईरहेको बताउनु भयो । -रासस



















