लालबन्दीमा दुई कर्मचारीसहित २४ कोरोना संक्रमित थपिए

सर्लाहीको लालबन्दी नगरपालिकामा आज (बिहीबार) एकै दिन २४ जना नयाँ कोरोना सङ्क्रमितहरू थपिएका छन् । हिजो (बुधवार) २ सय ३८ जनाको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो ।

एकै दिनमा २ सय २९ जनाको कोरोना परीक्षण गरी प्रयोगशालाले रिपोर्ट पठाउँदा २४ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको लालबन्दी नगरपालिकाले जनाएको छ । थपिएको २४ जना कोरोना सङ्क्रमितहरू समुदाय स्तरकै रहेको नगरपालिकाले जनाएको छ ।

थपिएको २४ जना कोरोना सङ्क्रमितहरू मध्ये १ जना हरिपुर नगरपालिका, र बाँकी २३ जना लालबन्दी नगरपालिकाको रहेको छ । हरिपुर नगरपालिकाको स्थानीयले लालबन्दी बाट नै थ्रोट स्वाब सङ्कलन गराएकोले रिपोर्ट लालबन्दीकै भनेर आएको लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिए ।

लालबन्दीका २३ जना कोरोना सङ्क्रमितहरू मध्ये १ जना बैङ्कका कर्मचारी, १ जना नगरपालिकाको कार्यालय सहयोगी लगायत अधिकांश सङ्क्रमितहरू व्यापारी तथा स्थानीयहरू रहेको स्वास्थ्य शाखा सह–संयोजक खतिवडाले जानकारी दिए । केही दिन पहिला मात्र नगरपालिकामा २२ जनामा कोरोना संक्रमण देखिएपछि गएको २ गते ती सङ्क्रमित व्यक्तिहरूको कनट्र्याक्ट ट्रेसिङ्ग गरी २ सय ३२ जनाको स्वाब सङ्कलन गरी हिजो मात्र कोरोना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो र आज २४ जनाको रिपोर्ट पोजेटिभ आएको सह–संयोजक खतिवडाले बताए ।

२ सय ३८ जनामा ९ जनाको रिपोर्ट भने अझै आउन बाँकी रहेको सह–संयोजक खतिवडाले बताए । जनस्वास्थ्य प्रयोगशालाले २ सय ३८ जनाकै कोरोना परीक्षणको लागि विद्य ल्याब कुपण्डोलमा पठाएकोले एकै दिनमा कोरोना परीक्षण भएको स्वास्थ्य सह–संयोजक खतिवडाले बताए ।


ताजा खबर