‘तुलसीलालको सपना साकार पारिन्छ’ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल अमात्यको २३ औँ स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै अग्रजका सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम भइरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।

त्यसैले हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि सारेको उल्लेख गर्दै उहाँले पूँजी र प्रविधिको प्रयोग गरेर उत्पादन र निर्यात बढाउने तथा आयात घटाउने बाटोबाट समृद्धि हासिल हुने बताउनुभयो ।

समानतालाई समृद्धिसँग जोडेर मुलुकमा परिवर्तन ल्याउन हामी अग्रसर रहेका छौँ भन्दै जनताको जीवनमा समृद्धिसहितको समानता हासिल गरी अमात्यका योगदानलाई चिरस्मरणीय बनाउन पनि उहाँले आह्वान गर्नुभएको छ ।

अमात्य नेपालको पहिलो पुस्ताका कम्युनिष्ट नेता हुनुहुन्थ्यो । १५ सेप्टेम्बर सन् १९४९ मा पार्टीका संस्थापक महासचिव पुष्पलालको नेतृत्वमा कम्युनिष्ट घोषणापत्र जारी गर्दा उहाँ पनि सहभागी रहनुभएको थियो ।

विसं २००८ मा स्थापना भएको अखिल नेपाल किसान सङ्घको उहाँ संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । विसं २००९ देखि २०१४ सम्म नेपालमा भएका ठूला किसान विद्रोहको नेतृत्व उहाँले गर्नुभएको थियो ।

विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा उहाँले ललितपुरबाट नेपाल कम्युनिष्ट पार्टीको सांसद भई संसदीय दलको नेतृत्व गर्नुभएको थियो ।

तत्कालीन संसद्को राष्ट्रियसभामा पाँच सिट रहेको कम्युनिष्ट पार्टीको संसद्मा सशक्त भूमिकाका लागि अमात्यको स्मरणीय योगदान छ ।

विसं २०१९ मा भएको नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट उहाँ पार्टीको महासचिव चुनिनुभएको थियो ।

Image may contain: text that says "प्रधानमन्त्री काठमाडी, नेपाल हार्दिक श्रद्धाच्जल कम्यनिस्ट आन्दोलनका अविश्रान्त ऐतिहासिक आन्दोलाका हार्दिक श्रद्धासुमन कम्यनिस्ट तुलसीलाल अमात्यको स्मृति तुलसीलाल नेपालको महासचिव पुप्पलालको उहाप्रति कम्यूनिस्ट कम्युनिस्ट हुनुहुन्थ्यो ऐतिहासिक सहभागि संस्थापक किसान आन्दोलनमा किसानहरुलाई किसान आन्दोलनको अमात्यलाई आन्दोलनका २०१५ किसान रौतहटमा किसानहरुलाई सामन्तहरुले गराइएको कम्यनिस्ट आन्दोलनलाई आधारभूत तुलसीलाल पहिलो विकासकर्ताका चाहन्छ। कम्युनिस्ट कम्यनिस्ट निर्वाचनमा ललितपुरवाट नेपाल कम्युनिस्ट तत्कालीन संसदको तुलसीलाल स्मरणीय महाधिवेशनवाट महासचिव राष्ट्रव्यापी तुलसीलाल अमात्यको राजनीतिक लगायत अग्रजहरुका कम्यनिस्ट विभाजित दुईतिहाई बहुमतका त्यसलाई तुलसीलाल लगायतका नागरिकलाई नेपालीको महत्वपूर्ण एकतावद्द आकादक्षा तुलसीलाल अन्त्यमा, २३ अपरिहार्य प्रविधिको समानतालाई समद्दिसंग सहितको योगदानलाई चिरस्मरणीय बनाउनु दिवसका तुलसीलाल अमात्यप्रति श्रद्धासमन साउन, a4arl शर्मा ओली"


ताजा खबर