गण्डकी विश्वविद्यालयलाई ५ सय २७ रोपनी जग्गा उपलब्ध गराउने सरकारको निर्णय

नेपाल सरकारले कास्कीस्थित पोखरा महानगर वडा नं ३२ को ३ सय ५२ रोपनी र तनहुँस्थित शुक्लागण्डकी नगरपालिकाको ५ को १७५ रोपनी जग्गा गण्डकी विश्वविद्यालयले उपयोग गर्ने गरी गण्डकी प्रदेश सरकारलाई उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले परापूर्व कालदेखिका मठमन्दिर र बाटोको उपयोगमा असर नपुर्‍याउने र जग्गाको स्वामित्व सरकारकै नाममा रहने गरी गण्डकी प्रदेश सरकारलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको जानारी दिनुभएको हो ।

त्यसैगरी मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा रामचन्द्र सापकोटा र सदस्यमा संगीता सिंह, बुद्धिराज जोशी र गुरु बराललाई नियुक्ति गर्ने निर्णय सरकारले गरेको सरकारका प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । रासस


ताजा खबर