पशुपतिनाथको मूल मन्दिर क्षेत्रभित्र मर्मतसम्भार शुरु

पशुपतिनाथको मूल मन्दिर क्षेत्रभित्र मर्मतसम्भार शुरु गरिएको छ । मूल मन्दिरभित्र छापिएको ढुङ्गा निकालेर मर्मतसम्भार शुरु गरिएको हो ।

खासगरी विसं २०७२ वैशाख १२ गतेको भूकम्पले जीर्ण भएका संरचनाहरुको मर्मतसम्भार गरिएको हो । भूकम्पले क्षति पुगेका पशुपतिका ९० वटा संरचनामध्ये ४२ वटाको पुनःनिर्माण सम्पन्न भएको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिनुभयो ।

भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काम शुरु गरेको पाँच वर्षमा पुरातात्विक महत्वका सबै संरचना बनाइसक्ने प्रतिबद्धता गरे पनि पशुपति क्षेत्रका ६० वटासम्मको पुनःनिर्माण सकिने भएको कोषले जनाएको छ ।

यसैगरी पशुपति मूल मन्दिरमा भक्तजनलाइ प्रवेश गराउन तयारी शुरु गरीएको पशुपति विकास कोषले जनाएको छ। सरकारले मठ मन्दिरलाई खुला गरेपछि भक्तजनलाई सुरक्षित तरिकाले दर्शन गराउने तयारी थालिएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिनुभयो ।


ताजा खबर