गलवानमा झडप पछि चीनीयाँ सेनाको नियन्त्रणमा रहेका “१० भारतीय सैनिक फिर्ता”

भारत र चीनको सिमा क्षेत्रको गलवान उपत्यकामा भएको दुई देशका सेनाबीचको झडप पछि चीनीयाँ सेनाले नियन्त्रणमा लिएका भनिएका १० जना भारतीय सैनिक अधिकारीहरुलाई मुक्त गरिएको छ ।

झडप पछि चीनीयाँ सेनाले नियन्त्रणमा लिएका भनिएका एक जना लेफ्टिनेन्ट कर्णेल र ३ जना मेजर सहित १० जनालाई चीनले भारतीय सेनाको जिम्मा लगाएको भारतीय सञ्चार माध्यमहरुलाई उदृत गर्दै विविसीले जनाएको छ । तर सैनिकलाई रिहा गरिएकोबारेमा भारत सरकारकोआधिकारिक धारणा भने आएको छैन् ।

सोमबार राती भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो भने ७६ जना घाइते भएका छन् । चीनले भने आफ्नो तर्फको कुनै पनि विवरण सार्वजनिक गरेको छैन् । झडपको घटनाका लागि दुबै देशले एक-अर्को मुलुकलाई दोष लगाएका छन् । घटनापछि भने दुबै देशका विदेशमन्त्रीहरुले टेलिफोन संवादगरी वार्ताबाटै विवाद अन्त्य गर्ने बताउनुभएको छ । यसका लागि भारतले वार्ताको विषयहरु समेत टुङ्गो लगाइसकेको विविसीले उल्लेख गरेको छ । एएनआई


ताजा खबर