‘लिओ क्लब अफ रत्ननगर पिस’का अध्यक्षमा सुवास अर्याल

सेवा नै धर्म हो भन्ने मूल नाराका साथ व्यक्तित्व विकासलाई प्रथामिकता दिंदै लिओ क्लब अफ रत्ननगर पिसको संस्थापक अध्यक्षमा सुवास अर्याल चयन हुनुभएको छ ।  लायन्स क्लव अफ रन्त्नगर  पिस क्लबको स्पोन्सर क्लवको रूपमा रहेको छ।

क्लब सुरुवात हामीले कोभिड-१९ कोरोना भाइसरको बिश्वव्यापि महामारीकै बीचमा चितवनका जुझारु स्थानीय युवाहरु मिलेर लिओ क्लब अफ रत्ननगर पिसको स्थापना गरेका हुन् । क्लब सञ्चालनका धेरै कठिनाइहरूआएको भएपनि लकडाउनकाबीच इन्टरनेटको माध्यमबाट जुम एप मार्फत  क्लब गठन गरिएको विज्ञप्तिमा  जनाइएको छ ।

कोभिड महामारीको बिषम परिस्थितिबाट गुज्रीरहेको अवस्थामा एक महिना लामो जुम मीटिंङ पछि कार्यसमिति गठन भएसँगै क्लबले अधिकरिता पाएको हो ।

लियो क्लब अफ रत्ननगर पिसमा आवद्ध रहेका युवाहरु नै समाजका भोलिका कर्णधारहरु भएकाले यो बिषम परिस्थितिमा समाजमा स्वयम् सेवा गर्ने  मनकारी युवाहरुले समाज सेवा मार्फत सो अभावलाई पुरा गर्ने अपेक्षा गरिएको छ ।

‘लिओ क्लब अफ रत्ननगर पिस’का नव नियुक्त अध्यक्ष  सुवास अर्यालले  ” हाम्रो युवा  जनशक्तिलाई विभिन्न श्रृजनात्मक तथा उत्पादनशील काममा परिचालन गरी समाजलाई सकारात्मक दिशातर्फ डोहोर्याउन सक्नेछौं भन्ने बिश्वास लिएको बताउनु भएको छ। क्लव  हाल अत्यन्त सुरुवाती चरणमा भएकोले हामीले मनकारी युवाहरुको बाचन बिशेष परिस्थितिका कारण इन्टरनेटको माध्यमबाट गरेका हौं।” अध्यक्ष अर्यालले भन्नुभयो ।

‘लिओ क्लब अफ रत्ननगर पिस’को नबगठित कार्यसमितिमा  ‘लिओ क्लब अफ रत्ननगर पिस’का सल्लकार अनिश पाठक, प्रथम उपाध्यक्षमा निश्चल ढकाल ,द्धितिय उपाध्यक्षमा सुरज उपाध्यय, तृतिय उपाध्यक्षमा स्मृति बर्तौला ,सचिवमा निरज कँडेल , कोषाध्यक्षमा अशिस्क उपरकोटी ,सहसचिवमा पूजा बोगटी, संयुक्त कोषाध्यक्षमा निशान कँडेल, विज्ञान दुलाल,टेल टुइस्टरमा नविना केसी ,टेमरमा सन्तोष अर्याल , क्लब निर्देशकमा शिव पौडेल , मिलन सुवेदी , रवि गिरी, संदेश श्रेष्ठ, सर्नगिना थापा हुनुहुन्छ। त्यसै गरी यस क्लबमा जम्मा ३४ सदस्यहरु छन्।

सफल नेपाल चितवन


ताजा खबर