‘नालापानी’

  • बालकृष्ण सम

धेरै वर्ष अघिको
कथा नालापानीको

सानुसानु नेपाल
फूलजस्तो कोमल
देश दाउ लाउने
बैरी गर्थ्यो विचार

नालापानी किल्लामा
नलिई आराम छिन्‌भर
नसुती चारै प्रहर
खूबै सित लडे रे
बलभद्र कुँबर

पहाडको टाकुरी
चमचम चम्के खुकुरी
जसरी मेघ गर्जन्छ
आकाशमा सनन
उसरी गर्जे नेपाली
नालापानी घनन

मूला काटे झैं काटी
खुकुरी घुमे फनन
एकरात सुनसान
पानी आउने मुहान
वैरी आई थुनेछ 
सास धान्ने कसरी ?

मनमनै गुनेर
यसरी कि उसरी
नेपालीको फौजले 
त्यहाँबाट आँटले
पाइला चाल्यो सुस्तरी
स्वास्नीमान्छे ओइरेर
केटाकेटी धुइरेर

युद्धको खेल खेलेथे
उछितो पारी वैरीको
तर कठै छोडेथे
घुट्को नपाई पानीको
अझ ताजा छँदैछ
रगतले लेखेको

धेरै वर्ष अघिको
कथा नालापानीको ।

कक्षा ४ को तत्कालिन नेपाली पाठ्य पुस्तक महेन्द्रमाला बाट जस्ताको तस्तै …


ताजा खबर