‘ बुद्ध हाम्रा हुन्, हिन्दु पाहुना हुन् ’ : प्रदीप नेपाल

कुनै समयमा नेपाल लगायतको सिङ्गो भारत ‘बुद्ध धम्म’ बाट ढाकिएको थियो । यो भनेको आजभन्दा दुई हजार चार सय वर्ष अघिको कुरा हो । तर हामीलाई आफ्नै इतिहास पनि थाहा हुँदैन । किनभने हामी नेपाली अध्ययन, अनुसन्धान गर्दैनौँ । यो सत्यलाई धेरै भारतीय विद्वान्ले प्रमाणसहित पुष्टि गरेका छन् । दक्षिण भारतका विशाल हिन्दु मन्दिरको जगमा बुद्धकालीन सभ्यता भेटिएको तथ्य उनीहरूले पस्किएका छन् । बुद्ध कालमा अयोध्याको नाम शाकेत रहेछ । अयोध्या, राम जन्मभूमि होइन भन्ने ज्ञान पनि मैले उतैबाट पाएँ । यद्यपि रामको जन्म दक्षिण एसियामा भएको होइन भन्ने ज्ञान मैले धेरै अघि पाएको थिएँ ।

भारतीय अध्येताहरूका अनुसार ‘बुद्ध धम्म’ भारतव्यापी थियो । मेसोपोटामियाबाट लडाइँ खेल्दै सिन्धु सभ्यतामा आएर राजकीय व्यवस्थापन सिकेर भारतव्यापी भएका हिन्दु (आर्य) हरूले पहिलो आक्रमण बुद्ध धम्ममाथि नै गरे । इसाईभन्दा अगाडि थिए उनीहरू – स्थानीय संस्कृति र परम्परालाई ध्वस्त नपारेसम्म नयाँ संस्कृतिको स्थापना गर्न सकिन्न भन्ने कुरामा । बुद्ध धम्मका सम्पूर्ण अवशेष ध्वस्त पारिसकेपछि उनीहरूले आपूmसँगै ल्याएका ३३ कोटी देवदेवी भारतमा स्थापित गरिदिए । लामो समय राज ग¥यो हिन्दु धर्मले भारतमा । यसैले नयाँ धर्म, हिन्दु धर्म ल्यायो । यसैले जातपात र छुवाछूत प्रथा पनि ल्यायो । हिन्दु धर्मको आक्रामक स्वभावसँग सम्यक् ‘बौद्ध धम्म’ पराजित हुनु नै थियो र भयो पनि । त्यही पराजयपछि बुद्ध धर्म दक्षिण एसियाबाट देश, दुनियाँमा फैलियो । यो भाग्दै इण्डोनेसिया पुग्यो तर त्यहाँ पनि धेरै समय टिक्न सकेन । भन्नलाई इण्डानेसियालाई इस्लामिक राष्ट्र भनिन्छ तर मैले जोगजकार्तामा बराबुद्ध (ठूलो बुद्ध) को अस्तित्व देखेको छु । उसै पनि इण्डोनेसिया अनौठो देश हो । त्यहाँ हिन्दु र इस्लामको मिश्रित सभ्यता देखिन्छ । उनीहरूको नाममै यस्तो देखिन्छ । त्यहाँ इमाम जुध्दोतोमो, आगुङ सुर्यान्तो, सुकार्णो, मेघावती जस्ता नामहरू प्रचलित छन् । जुध्दोतोमो, सुर्यान्तो, सुकार्णो र मेघावती त तपाईं हामीलाई पच्ने नै नाम हो । यतिमात्र होइन, इस्लामिक मुलुकको एउटा ठूलो टापुको नाम नै बाली छ । इण्डोनेसिया टापुहरूको देश हो ।

यसैले टुङ्गो गर्न सकिन्छ, बुद्ध धर्म अघि दक्षिण एसियामा हिन्दुहरू आएका थिएनन् । उनीहरू शायद २१ वा २२ सय वर्षको आसपास द्रविडहरूलाई दक्षिणतिर ठेल्दै सिन्धुदेखि गङ्गाको समथर जमिनमा बसे होलान् । शोध अनुुसन्धानमा लागे होलान् । जति आक्रमणकारी भए पनि चुरेको शान्त फेदमा तिनले आपूmलाई योद्धाबाट भद्रमा रूपान्तरित गरे होलान् ।

हिन्दुहरू आएकै बाटो पछ्याउँदै इस्लामहरू भारत आए । हिन्दुहरूले बाह्र तेह्र सय वर्ष शासन गरेको भारतमा चार सय वर्ष इस्लामले राज ग¥यो । विनाशको क्षेत्रमा इस्लामले पनि हिन्दु मार्गकै सिको ग¥यो । बुद्ध धर्मको अवशेषमा हिन्दु मन्दिर खडा भयो । इस्लामले त्यो मन्दिरमाथि मस्जिद बनायो । इस्लामपछि आएको इसाई धर्मले त पुराना, बौद्ध, हिन्दु र इस्लामलाई पेलेर, पाउण्डको राज्य सुरु ग¥यो । पाउण्डको शासन भनेको भारतमाथि बेलायतको प्रत्यक्ष शासन हो । पूर्वीय भौतिक सभ्यता ध्वस्त गरेर बेलायतले ज्यानमारा पुँजीवादी शासन आरम्भ ग¥यो । छ सय टुक्रामा विभाजित भएका सामन्ती राजालाई अङ्ग्रेज र अङ्ग्रेजी भाषा, धर्म र संस्कृतिमा घोलमोल गरेर के ग¥यो, ग¥यो । राजालाई उपनिवेशमा थमौती पनि गरिदियो अङ्ग्रेजी बोल्ने शर्तमा । राजाले सिफारिस गरेर पठाएकालाई बेलायतमा सुविधाजनक ढङ्गमा पढ्न पाउने व्यवस्था पनि गरिदियो ।

हाम्रो नेपालमा पनि यस्तो आक्रमण नभएको होइन । भारतको इस्लाम राजाले उपत्यकासम्म आएर पशुपतिनाथ लगायतका मन्दिरहरूको सम्पत्ति लुटेर फर्किएको इतिहास हामीले पढेकै हौँ । सिङ्गो भारतमा राज गर्ने अङ्ग्रेजसँग जुधेरै हाम्रा पुर्खाहरूले नेपालको सीमालाई पूर्वको टिस्टादेखि पश्चिमको नालापानीसम्म पु¥याएका हुन् । गोर्खालीाई लडेर जित्न सकिँदैन, यसलाई झुक्याएर पछार्नुपर्छ भन्ने निष्कर्ष निकालेर बेलायतीहरूले सुगौली सन्धि गरेका हुन् ।

जहाँसम्म हिन्दु (आर्य) को कुरा हो, उनीहरूको नेपाल आगमन, लगभग दुई हजार वर्ष आसपासको होला । अर्थात् बुद्ध धर्मको विस्तारको पाँच सय वर्षपछि । गौतम बुद्ध अघि हिन्दुहरू नेपाल आएको कुनै प्रमाण हिन्दु साहित्यले दिँदैनन् । हिन्दुका पुराणहरूले त सामन्तवादको गाथा गाउने रामायणलाई मातृतन्त्रको अवशेष रहेको महाभारतभन्दा पुरानो मान्छन् । समाज विकासको विज्ञानलाई मान्ने हो भने महाभारत बर्बर समाजको अन्तिम सिँढी थियो । त्यसलाई विस्थापित गरेर आएको ‘पुरुष सत्ताको प्रारम्भिक चरण’ रामायण हो भन्न सकिन्छ ।

तर नब्बे प्रतिशत नेपालीहरू, रामायण र महाभारत कथा पढेकाहरू, महाभारत पुरानो र रामायण त्यसपछिको काल हो भन्ने कुरो पटक्कै मान्न चाहँदैनन् । महाभारतमा कुन्तीका तीन र द्रौपदीका पाँच पति थिए । समाजमा उनीहरूको सम्मान पनि थियो । तर रामायणमा सीताले एकल पतिको प्रमाण दिन पटक पटक अग्निपरीक्षा दिनुपरेको थियो । अहिलेको युगमा समाज विकासको डार्बिन सिद्धान्तलाई सबैले मानेका छन् । पृथ्वी चिसिएर जीवन बच्ने अवस्था आएपछि पानीमा बस्ने माछाजस्ता जलचर, त्यसपछि पानी र जमिनमा बस्ने उभयचर हुँदै बाँदर, नरबाँदर हुँदै मानवको उत्पत्ति भएको विषयमा कसैको विमति छैन । आफुलाई उत्कृष्ट मान्ने हिन्दुहरूले समेत ‘प्रथम अवतार प्रभु मत्स्यरूप धारणम्,’ भनेर भजन गाइरहेकै छन् । यही भजनले पूर्वीय सिद्धान्त भौतिकवादी र वैज्ञानिक थियो भन्ने सत्य उद्घाटन गरेको छ । यो पूर्वीय सिद्धान्तलाई कुनै विद्वान् ऋषि वा ऋषिहरूको समूहले आध्यामिक, धार्मिक र अन्धविश्वासी बनाएर पूर्वीय भौतिकवादप्रति घात गरेका हुन् । किनभने कुनै सामान्य ऋषिले समतापूर्ण समाजलाई जात, वर्ण जस्ता विभाजनकारी बनाउनै सक्दैन । त्यस्ताले भनेको कसैले मान्दैनथे ।

अब म अलिक पुरानो कुरातिर जान्छु । गौतम बुद्धभन्दा पहिले दक्षिण एसियामा के कुनै धर्म थिएन ? यो अध्ययनको विषय हो । थिएन भन्न मिल्दैन । गौतम बुद्ध सम्पूर्ण हिसाबले भौतिकवादी थिए । तिनलाई समेत भगवान् बनाउने धार्मिक सम्प्रदाय पक्कै थियो । के थियो त्यो ! कस्तो थियो त्यो ? जे भए पनि त्यो हिन्दु थिएन ।

किन थिएन भने हिन्दुहरूको अस्तित्व नै इराक, इरानबाट सिन्धु नदीको किनार आएको समय दुई हजार, बाइस सय वर्ष पढिएको छ । सिन्धु घाँटी सभ्यतालाई परास्त र ध्वस्त पारेपछि मात्रै गणनायक इन्द्रको देवत्वकरण गरेर हिन्दुहरूले राज्य स्थापना र त्यसको व्यवस्थापन गर्न सिकेका हुन् ।
अब सम्पूर्ण नेपालीसँग सोध्ने पालो । हाम्रै देशमा जन्मिएर, पूर्व जन्म पनि थिएन र पुनर्जन्म पनि हुँदैन भनेर पहिले ‘एसियाका ज्योति’ र पछि ‘विश्वशान्तिका दूत’ भएका गौतम बुद्ध हाम्रा हुन् कि हामीसँग कुनै सम्बन्ध नभएका हिन्दुहरू हाम्रा हुन् ? गौतम बुद्धले भौतिकवादी दर्शन आरम्भ गरे, संसारभरिको मान पाए । हाम्रो यो बुद्धभूमिमा चाहिँ उनी किन तिरस्कृत भए ?
किनभने बुद्धको पछि आएका हिन्दुहरूले गौतम बुद्धलाई पनि भगवान् बनाइदिए । विष्णुको दशौँ अवतारसमेत बनाइदिए । राम्रो कामलाई पुष्ट्याउन तथ्यसहित सत्य पेश गनुपर्छ तर फटाइँं गर्नलाई न त इमान चाहिन्छ न ज्ञान । बारम्बार अवतार लिएर पृथ्वीलाई बचाउने हिन्दुका विष्णु र ‘म आफ्नो मृत्युसँगै समाप्त हुन्छु, मेरोे पुनर्जन्म हुँदैन’ भन्ने बुद्धका गौतम बुद्ध कसरी हिन्दु धर्मका दशौँ अवतार हुन सक्छन् ?

तर जालझेल र आक्रमणमा खप्पिस हिन्दुहरूले गौतम बुद्धलाई पनि भगवान् बनाइदिए । बौद्ध दर्शनलाई पनि रहस्यका पर्दाहरूले छोप्ने काम भयो ।

भन्नुस् नेपाली दाजुभाइ, दिदीबहिनी, हाम्रा गौतम बुद्धलाई लठुवा बनाउने इराक इरानबाट आएको हिन्दु धर्मलाई हामीले ठूलो मान्ने कि हाम्रै माटोमा जन्मिएका गौतम बुद्धलाई हामीले ठूलो मान्ने ? संस्कार बदल्न ठूलै आँट चाहिन्छ तर हामीले बोकेको संस्कार गलत छ भनेर थाहा पाइसकेपछि गलतलाई तिरस्कार नगर्ने हामी कहिल्यै सही दिशामा अघि बढ्न सक्दैनौँ । अन्तिम सत्य के हो भने बुद्ध हाम्रा हुन्, हिन्दु पाहुना हुन् ।
लेखक नेकपाका बरिष्ठ नेता हुनुहुन्छ । 


ताजा खबर