स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम ज्यू र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम घेर्ब्रियसस वीच नयाँ दिल्लीमा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
भेटका अवसरमा माननीय मन्त्रीज्यूले नेपालमा मानसिक स्वास्थ्य सेवाको सुदृढीकरण, प्रजनन स्वास्थ्य, आप्रवासी स्वास्थ्य, स्वास्थ्य बीमा, र औषधि खरिद तथा व्यवस्थापन प्रणालीमा सुधार ल्याउन सरकारले चालेका कदमहरूबारे विस्तृत छलफल गर्नुभयो।

महानिर्देशक डा. टेड्रोसले नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा देखाएको उच्च प्रतिबद्धता र प्राथमिकताहरूको प्रशंसा गर्नुभयो। उहाँले नेपालको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउन र तय गरिएका लक्ष्यहरू प्राप्त गर्न विश्व स्वास्थ्य संगठनको तर्फबाट निरन्तर प्राविधिक तथा रणनीतिक सहयोग रहने आश्वासन समेत दिनुभयो।






















