जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको घुइँचो

त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीको दिन राम-सीताको विवाह भएको सम्झनास्वरुप जनकपुरको प्रख्यात जानकी मन्दिरमा सप्ताहव्यापी रूपमा विवाह पञ्चमी महोत्सवको आयोजना भइरहेको छ ।

विवाहपञ्चमीको मुख्य दिन आज जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेर स्वयम्बर विधि सम्पन्न भएको छ ।

आज राति जानकी मन्दिर परिसरमा रामजानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृति अनुसार सम्पन्न हुनेछ ।

मिथिलाञ्चलको सप्ताहव्यापी विवाहपञ्चमी उत्सव अन्तर्गत धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। रासस


ताजा खबर