सामाजिक र पारिवारिक फिल्म परानले १० करोड कमायो

सामाजिक र पारिवारिक कथामा बनेको फिल्म परानले रिलिजको साता बढ्दै जाँदा व्यापारको गति पनि बढाउँदै गएको छ।
रिलिजको तेस्रो साता पार गर्न सफल भावनात्मक पारिवारिक फिल्मले दुई साता पार गर्ने क्रममा ९ करोड ८६ लाख रुपिया“ ग्रस कलेक्सन गरेको छ।

फिल्मले रिलिजको १६ दिन झण्डै १० करोड रुपियाँ ग्रस कलेक्सन गरेको हो। प्रदर्शनको तेस्रो सातामा फिल्मले प्राप्त शो संख्यासमेत राम्रो हाइप बनेको छ। फिल्मले गत शुक्रबार मात्र देशभर २ सय १० वटा शो प्राप्त गरेको थियो। शनिबारको दिन पनि फिल्मले असोचनीय शो पाएको थियो।

  1. फिल्मले गरिरहेको व्यापारलाई हेर्दा यो फिल्मले बक्सअफिसमा लामो यात्रा तय गर्ने अनुमान गरिएको छ। फिल्मले रिलिजको सुरुवाती समयमा केबल ६४ शो मात्र पाएको थियो भने पहिलो दिन बक्सअफिसमा ६ लाख रुपिया“ मात्र ग्रस कलेक्सन गरेको थियो।

हाल दर्शक तथा समीक्षक दुवैबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको फिल्ममा प्रस्तुत विषयले आम नेपाली परिवारको अवस्थालाई चित्रण गरेकाले यो फिल्म दर्शकको रोजाइमा परेको हो। दीपकप्रसाद आचार्यको डेब्यू निर्देशन रहेको फिल्म गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभर्टाइजिङका रञ्जित आचार्यको सहस्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमाले निर्माण गरेको हो।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, प्रविण खतिवडा, अञ्जना बराइली, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेका छन्। रासस


ताजा खबर