पुनर्निर्माण कोषमा सूर्यज्योति लाइफद्वारा एक करोड पचास लाख सहयोग

देशमा हालै भएको जेन–जी आन्दोलनका क्रममा भएका तोडफोड तथा आगजनीका घटनाबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यका लागि नेपाल सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड पचास लाख आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको अनुसार, मिति २०८२ असोज ८ गते अर्थ मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिको अनुसरण गर्दै सो आर्थिक सहयोग प्रदान गरिएको हो। सहयोग राशिको चेक राष्ट्रिय वाणिज्य बैंकमा रहेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ को खातामा जम्मा हुने गरी आज पेश गरिएको छ।

कम्पनीले विगतमा पनि राष्ट्रले आवश्यकता महसुस गरेका विविध संकटका समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको र यस पटकको यो सहयोगले पुनर्निर्माण तथा राहत कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिँदै, आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक कार्यमा निरन्तर सहभागी हुने प्रतिबद्धता जनाएको छ।


ताजा खबर