चीनले दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाएको छ ।
परीक्षण उपग्रहहरू शियान–३० ०१ र ०२ लाई स्थानीय समय अनुसार बिहान ११ बजे लङ मार्च–२डी क्यारियर रकेटबाट प्रक्षेपण गरिएको थियो ।
तिनीहरूको पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको बताइएको छ । उपग्रहहरू मुख्यतया पृथ्वी अवलोकन प्रविधिहरूको प्रयोगात्मक प्रमाणीकरणको लागि प्रयोग गरिनेछ ।
प्रक्षेपण लङ मार्च शृङ्खला क्यारियर रकेटहरूको ५ सय ९८ औं उडान मिसन हो । रोयटर्स






















