भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु)को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ ।
श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपालले बताउनुभयो । अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ ।
अनन्तनाथ (भगवान् विष्णु) स्तुती
ॐ जय अनन्तनाथ !
संसार रूपी सागरमा डुबेका जीवहरूलाई
तिम्रो चरणकमलले उद्धार गरून्।
हे शेषशायी !
अन्तहीन ब्रह्माण्डलाई धारण गर्ने,
लक्ष्मीपतिको रूपमा सृष्टिको आधार बन्ने,
अनन्त नामले पूज्य, शरण दिने प्रभु !
तिमी बिना जगत् अधुरो छ,
तिमी बिना जीवनको गति छैन।
हे नारायण,
हे पद्मनाभ,
हे अनन्त विष्णु,
हामी तिम्रो चरणमा शरण लिन्छौं।
सत्यरूप धर्मका संरक्षक,
भक्तका दुःखहरण गर्ने दयालु ईश्वर,
अज्ञान अन्धकारलाई नष्ट गर्ने प्रकाशस्वरूप प्रभु !
अनन्तनाथ ! तिमीलाई कोटी कोटी नमस्कार छ।
रासस





















