प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित हुनु भएको छ ।
छैटौं एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित हुनु भएको हो । बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालिन बीमा समितिदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा बीमा क्षेत्रमा उहाँले गरेको योगदानको कदर स्वरुप यो सम्मान गरिएको हो ।
प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूको नेतृत्वमा आर्थिक वर्ष २०८१/८२ मा गर्विलो व्यवसाय बृद्धि गरी नेपाली बीमा बजारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको दरिलो उपस्थिति रहन गएको छ ।
सोमबार एक कार्यक्रमका बीच प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूलाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित गर्नुभएको हो ।
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत विभिन्न पेशा व्यवसायमा अब्बलता हासिल गरेका व्यक्तिहरुलाई विविध विधाहरुमा सम्मान प्रदान गरिदै आएको छ ।
नेपाल लगायत एसियाका विभिन्न देशका आफ्नो पेशा व्यवसायमा छुट्टै पहिचान बनाउन सफल व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।






















