ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., चाबहिल र लायन्स क्लब्स इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ एच बीच स्वास्थ्य सेवामा छुट सुविधा प्रदान गर्ने समझदारी (MoU) भएको छ।
सो समझदारी अनुसार डिस्ट्रिक्ट ३२५ एच अन्तर्गतका लायन्स सदस्य तथा सदस्यका नजिकका परिवारजनले ॐ हस्पिटलका विभिन्न स्वास्थ्य सेवाहरु विशेष छुटसहित प्राप्त गर्नेछन्।
साथै, हस्पिटल र लायन्स क्लब मिलेर आगामी दिनमा विभिन्न स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम तथा स्वास्थ्य सम्बन्धी अभियानहरु पनि सञ्चालन गर्नेछन्।
समझदारी पत्रमा ॐ हस्पिटलका प्रतिनिधिहरु तथा लायन्स क्लबका पदाधिकारीहरुको उपस्थितिमा हस्ताक्षर गरिएको ॐ हस्पिटलले जरी गरेको विज्ञप्तिमा उल्लेख छ।






















