प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले भारतको औपचारिक भ्रमणको निमन्त्रणा दिनुभएको छ ।
नेपालको २ दिने औपचारिक भ्रमणका क्रममा नेपाल रहनु भएका विदेश सचिव मिस्रीले प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटका क्रममा आइतबार भारत भ्रमणको औपचारिक निम्तो दिनुभएको हो ।
भ्रमणको आज पहिलो दिन विदेशसचिव मिस्री उच्चस्तरीय भेटघाटमा व्यस्त रहनुभयो ।
विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्नुभयो यसैगरी, नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शिर्ष नेताहरुसँग पनि भेट गर्नुभयो । रासस





















