जनैपूर्णिमामा बडिमालिकामा दर्शनार्थीको भीड

बाजुराको सुप्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिकामा जनैपूर्णिमाको अवसरमा आज बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ। साउन शुक्ल चतुर्दशीमा लाग्ने मेला तथा विशेष पूजाका लागि देशभरका तीर्थयात्रीहरू बिहानैदेखि बडिमालिका पुगेका छन्।

डोटी, जुम्ला, कालिकोट, धनगढी लगायतका जिल्लाबाट पेटारा सहितको सरकारी टोली पनि पूजाका लागि बडिमालिका पुगेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार पूजाआराधना शान्तिपूर्ण ढंगले सञ्चालन भइरहेको छ।

मेलाको व्यवस्थापन तथा सुरक्षा लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित करिब १०० जना सुरक्षाकर्मी खटिएका छन्।हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने बडिमालिका मेलामा भारतको उत्तर प्रदेश लगायत देशका विभिन्न जिल्ला र प्रदेशबाट ठूलो संख्यामा दर्शनार्थी सहभागी हुने गरेका छन्। धार्मिक विश्वास अनुसार बडिमालिकामा पूजाआराधना गरेमा मनोकामना पूरा हुने मानिन्छ।

रासस


ताजा खबर