कक्षा १२ को परिक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उतीर्ण

राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३८.८३ विद्यार्थी नन ग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । गत वैशाखमा  सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।

नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी रहेका थिए र आंशिकतर्फ १ लाख १५ हजार सहभागी थिए ।

नेपाल शिक्षक महासङ्घको शैक्षिक हडतालसहितको काठमाडौँ केन्द्रित सडक आन्दोलनले वैशाख ११ गतेदेखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो ।

प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क नल्याए विद्यार्थी नतिजा प्रकाशनमा नन ग्रेडिङ हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ ले व्यवस्था गरेको छ ।

बोर्डले ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते हुने जनाएको छ ।  रासस


ताजा खबर