कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रामचन्द्र खनाल नियुक्त हुनुभएको छ।
बैंकको सञ्चालक समिति बैठकले अर्को निर्णय नभएसम्मका लागि सिइओमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो।
उहाँले माघ २५ गते मंगलबारदेखि जिम्मेवारी सम्हाल्नु भएको बैंकले जनाएको छ ।





















