१ सय ४९ निर्वाचन क्षेत्रमा काँग्रेसको अधिवेशन शुरु

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज १ सय ४९ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन शुरु भएको छ  ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत भएको क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि चयन हुँदै छन् । यही अधिवेशनबाट केन्द्रीय महासमिति सदस्य पनि चुनिँदै छन् भने प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय कार्यसमितिको नयाँ संरचना पनि बन्दै छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले पालिका अधिवेशन सकिएर प्रदेश सभा निर्वाचन, क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका १ सय ४९ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशनको प्रक्रिया अघि बढेको बताउनुभयो  ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र भित्रका प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरू प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका सदस्य हुने सचिव श्रेष्ठले बताउनुभयो ।

यस्तै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको पनि सभापति हुने व्यवस्था काँग्रेसको विधानमा छ । 


ताजा खबर