आज थप ६७९ जनामा कोरोना पुष्टि : ७ जनाको मृत्यु

१ हजार ४ सय ५ जना कोरोना सङ्क्रमणमुक्त

नेपालमा आज थप १ हजार ४ सय ५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

यो सँगै हाल सम्म संक्रमण मुक्त हुनेको कूल सङ्ख्या ७ लाख ६९ हजार २ सय २४ पुगेको र मुक्त हुने दर ९६ दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ६ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार ७० नमुनाको  पिसिआर परीक्षण गर्दा ५ सय ७४ जना तथा ३ हजार ८ सय ५० नमुनाको ऐन्टीजेन परीक्षण गर्दा १ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । 

यो सँगै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ८ सय ४ रहेको र उनीहरू मध्ये १६ हजार ३ सय ७१ जना संक्रमित होम आइसोलेसन तथा बाँकी १ हजार २ सय ७१ जना संक्रमित विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेका छन् । 

यस्तै आज कोरोनाका कारण थप ७ जनाको मृत्यु भएपछि हाल सम्म मृत्यु हुनेको कूल सङ्ख्या  ११ हजार १ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ । 


ताजा खबर