थप २ हजार ९ सय ५७ जना कोरोना सङ्क्रमणमुक्त

देशभर १ हजार ९५ जना संक्रमित थपिए

देशभर आज कोरोना सङ्क्रमणबाट २ हजार ९ सय ५७ जना मुक्त भएका छन् । 

योसँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ७ लाख ५२ हजार १ सय ७० जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९५ दशमलव ८ प्रतिशत रहेको छ । 

यसैगरी आज देशभर १ हजार ९५ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार ७ सय ८६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ९ सय ७५ जना तथा ३ हजार ३१ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ सय २० जना गरी जम्मा १ हजार ९५ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८ जना पुगेको छ । 

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा २२ हजार ३ सय २३ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

जसमा ३ सय ७१ जनाले आइसियु र १ सय ८ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

No photo description available.


ताजा खबर