कवि: अर्जुन पराजुली
छोरो सकेसम्म डक्टर होओस्
पैसा बिना बिरामी छुदै नछोओस्
डक्टर नभए इन्जिनियरिङ् गरोस्
गिट्टी, बालुवा र अलकत्रा चरोस्
त्यो पनि नभए सरकारी कर्मचारीमा झरोस्
घुस हसुरोस थैली भरोस्
त्यो पनि नभए शिक्षक बनोस्
दुई डुई जोड्दा पाँच हुन्छ भनोस्
त्यो पनि नभए छोरो बगली मार्न जओस्
बगली मारेको पैस आधि आफु खाओस्
आधि पुलिसलाई बन्डा लगाओस्
सके छोराले मन्त्री खान्छ
नसके तपाईंको ‘बा’ को के जान्छ ।





















