स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी देश हुँदै नेपाल भित्रने सीमा नाकामा स्वास्थ्य मापदण्डको पालना तथा सङ्क्रमणको जाँच गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ ।
मन्त्रालयको आजको प्रेस ब्रिफिङमा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा.कृष्णप्रसाद पौड्यालले हाल छिमेकी देश भारतमा कोरोना संक्रमण बढिरहेकाले भारत नेपाल सीमाका सबै प्रवेश बिन्दुहरूमा ज्वरो तथा लक्षणको जाँच गर्न सम्बन्धित स्वास्थ्य कार्यालयलाई निर्देशन गर्नभयो ।
डा. पौड्यालले देशमा पूनःसंक्रमणको जोखिम कम गर्न नेपाल भित्रने सबै नागरिकलाई जनस्वास्थ्यका मापदण्ड अपनाउँदै क्वारेनटाइनमा बस्न, सङ्क्रमणको उच्च जोखिम हुन सक्ने क्षेत्रको पहिचान गरी समुदायमै एन्टीजेन परिक्षण गर्न समेत स्वास्थ्य निकायलाई निर्देशन दिनुभयो ।





















