वाणिज्य बैंकको ब्याज एकल अङ्कमा झर्‍यो

सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक कर्जा लगानीमा आक्रामक रुपमा प्रस्तुत भएको छ। राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदरलाई एकल अङ्कमा झारेको छ।

बैंकले नयाँ तथा पुराना ग्राहकहरुका लागि कर्जाको ब्याजदर न्यूनतम ७ प्रतिशत देखी अधिकतम ९ प्रतिशत मात्र हुने गरी तोकेको छ । बैकले हालै ७ दशमलब २५ प्रतिशत ब्याजदरमा घर कर्जा सुविधा सार्वजनिक गरेको छ । जसको ब्याजदर एक बर्ष सम्मका लागि नबढ्ने प्रतिवद्धता समेत बैंकले गरेको छ ।

राष्ट्रिय बाणिज्य बैंकको आधार दर सबैभन्दा कम भएकाले कर्जा सस्तो भएको हो । गत जेठ महिनाको बैंकको आधारदर ६ दशमलब ०७ प्रतिशत रहेको छ । राष्ट्रिय बाणिज्य बैंक पुँजी कर्जा निक्षेप अनुपात ६३ प्रतिशत रहेको छ । बैंकको कुल निक्षेप २ खर्ब १५ अर्ब रुपैंया रहेको छ भने कुल कर्जा एक खर्ब ५१ अर्ब रुपैंया रहेको छ ।

कोभिड १९ को बिश्वब्यापी माहामारीका कारण आर्थिक गतिबिधि सुस्ताएको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाई  रोजगारी सृजना गर्ने उद्देश्यले कर्जा विभागका स्वरुप परिवर्तन गरी साना कर्जाहेर्ने अलग्गै युनिटको ब्यवस्था गरी  ब्याजदरलाई एकल बिन्दुमा झारिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले सफल नेपाललाई बताउनुभयो ।

अघिल्लो आर्थिक बर्षमा बैंकको ५ अर्व ४ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको राष्ट्रिय बाणिज्य बैंकको गत बर्षको नाफा चार अर्ब ४५ करोड रुपैंया हुने बैंको अनुमान रहेको छ ।

मुलुकका सातैवटा प्रदेशका ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय रहेको २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंङ्किङ सेवा संचालनमा रहेका छन् ।


ताजा खबर