नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक सिइओकाे जिम्मेवारी सन्तोष प्रसाइले पाएका छन् । असार ३१ गते बसेको संचालक समितिको बैठकले उनलार्ई कार्यवाहक सिइओको जिम्मेवारी दिएको छ ।
प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको हो ।
प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन्। यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेको बताइएको छ।






















