स्पेनिस ला लिगा अन्तर्गत शीर्षस्थानमा रहेको रियल म्याड्रिडले ग्रानडालाई २–१ गोल अन्तरले पराजित गरेको छ । यो सँगै शीर्ष स्थानमा रहेको रियलले दोस्रो स्थानको बार्सिलोनासँग तालिकामा ४ अंकको अग्रता कायम गर्न पनि सफल रह्यो ।
ग्रानडाको घरेलु मैदानमा रियलले पहिलो हाफमै २ गोल गरेको थियो ।
रियलका लागि फ्रान्सका फर्लान्ड मेन्डी र करीम बेन्जेमाले गोल गरेका थिए । ग्रानडाका डार्विन माचिसले एक फर्काएका थिए ।
पहिलो हाफको १० औं मिनेटमा रियल म्याड्रिडले अग्रता लिएको थियो । फर्लान्ड मेन्डिले गोल गरको थिए ।

पहिलो गोल गरेको ६ मिनेट पछि अग्रता दोब्बर बनायो । करीम बेन्जेमाले गोल गरेका थिए । पहिलो हाफमा २ गोल गरेको मड्रिडले दोस्रो हाफमा भने एक गोल खाएको थियो । ५० औं मिनेटमा माचिसले गोल गर्दै रियलसँगको अग्रता कम गरेका थिए । तर त्यसपछि गोल नभएपछि मड्रिड २–१ ले विजयी भयो ।
ला लिगा अन्तर्गत गएराति नै भएकाे अन्य खेलमा रियल साेसिडाडले भियारियललाई २-१ गाेल अन्तरले पराजित गर्दा गेटाफे र डिपाेर्टिभाे गाेलरहित बराबरीमा राेकिएका थिए । रोयटर्स





















