फुटबल पूर्व कप्तान अनिल गुरुङ ‘डान्स रियालिटी शाे’ मा

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङ चाँडै डान्स रियालिटी शाे मा देखिने भएका छन् । नेपालमा पहिलो पटक प्रशारण हुन गइरहेको नृत्य सम्बन्धि रियालिटी सो ‘डान्सिङ विथ स्टार्स’मा अनिलपनि देखिने भएका छन् ।

नेपालमा कोरोना भाइरस सुरु हुनु भन्दा अगाडी यो कार्यक्रम सुरु गर्ने तयारी थियो । तर लकडाउनका कारण पछाडी धकेलिएको छ । कार्यक्रमका लागि अनिलले त्यो बेला एक साता नृत्य पनि सिक्न गएका थिए ।

लकडाउनपछि त्यो त्यतिकै बाँकी रहेको छ र चाँडै फेरी नृत्यको प्रशिक्षण गर्नका लागि जाने अनिलले नेप्लेजलाई बताए । भारतीय चर्चित शाे ‘झलक दिखला जा’ जस्तै रहेको यो कार्यक्रममा फुटबल सेलिब्रेटीका रुपमा अनिललाई अनुबन्ध गरिएको हो ।

अनिललाई अनुबन्ध गर्नुभन्दा अगाडी आयोजकले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई अप्रोच गरिएको थियो । तर उनले यसमा सहभागि हुन नमानेपछि अनिललाई प्रस्ताव गरिएको हो ।

यो कार्यक्रममा अनिलसँगै  ऋषि धमला, ज्योती मगर लगायतको सहभागिता रहेको छ । यो कार्यक्रम हिमालयन टेलिभिजनमा प्रशारण हुने बताइएको छ ।

अनिलको निकट भविष्यमा चलचित्रपनि आउँदैछ । ‘भकुण्डो’ नाम रहेको सो चलचित्रमा अनिल आफैले अभिनय गरेका छन् । चलचित्रको पोष्ट प्रोडक्सनको काम भइरहेको छ ।


ताजा खबर