प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक प्रत्यारोपण गरिएको उपचारमा संम्लग्न प्रा.डा.प्रेमराज ज्ञवालीले बताउनुभएको छ ।

प्रा.डा.ज्ञवालीकै नेतृत्वमा प्रधानमन्त्री दोस्रो पटक मिर्गाैला प्रत्यारोण गरिएको थियो ।
त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान १० बजेबाट प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षमा लगिएको थियो । प्रधानमन्त्री ओलीको शल्यक्रियाको प्रकृया ३ बजे सकिएको थियो भने उहाँको नयाँ मिर्गाैलाले काम गर्न सुरु गरिसकेको प्रा.डा.ज्ञवालीले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

प्रधानमन्त्री ओलीको पहिलो पटक १२ बर्षअघि भारतमा मिर्गाैला प्रत्यारोपणमा संम्लग्न डा.अनन्त कुमार र मिर्गाैला रोग विशेषज्ञ बुधबार गरिएको प्रत्यारोपण शल्यक्रियामा संम्लग्न रहनु भएको थियो । सफल नेपाल


ताजा खबर