चैत ५ सम्म सबै परिक्षा लिन विद्यालयलाई मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्रै सक्न सबै विद्यालयहरुलाई निर्देशन दिएको छ । कोरोनाभाइरसको विश्वव्यापी असर परिरहेका बेला मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मंगलबार एक सूचना जारी गर्दै शिक्षा मन्त्रालयले विद्यालयमा सभा, समारोह, वार्षिकोत्सवलगायतका भेला हुने कुनै पनि कार्यक्रम आयोजना नगर्न भनेको छ ।

 


ताजा खबर