सरकारी, निजी र सामुदायिक अस्पताललाई अनिवार्य रुपमा आइसोलेसन वार्ड बनाउन निर्देशन

बागमती प्रदेशले प्रदेश अन्तर्गत रहेका सबै सरकारी, निजी र सामुदायिक अस्पताललाई अनिवार्य रुपमा आइसोलेसन वार्ड बनाउन भनेको छ।

प्रदेशको सामाजिक विकास मन्त्री युवाराज दुलालले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधीसँग कोरोना भाइरसका विषयमा गरेको छलफलपछि उक्त निर्णय गरिएको हो। सामाजिक विकास मन्त्रालयले उक्त निर्णय सार्वजनिक गर्दै सबै अस्पतालसँग आइसोलेसन वार्डको व्यवस्था गर्न समेत भनिसकेको छ।

यसैगरी, मन्त्रालयले बजारमा मास्क तथा अन्य सुरक्षा सामग्रीहरु बढी मुल्यमा बिक्रि वितरण भइरहेको गुनासो आएको भन्दै व्यापारिहरुलाई बढी मुल्यमा बिक्रि नगर्न समेत आग्रह गरेको छ। मन्त्रालयले बढी मुल्यमा बिक्रि गरेको पाइएमा कारबाही गर्ने निर्णय समेत गरेको छ।

मन्त्रालयको निर्णय यस्तो छ 


ताजा खबर