बालभित्ते पत्रिका र यसको सान्दर्भिकता : विजय दहाल

बालबालिकामा अन्तरनिहित भावना तथा रचनाहरु प्रष्फुटन गर्ने माध्यमको रुपमा बालभित्ते पत्रिका प्रभावकारि मानिदै आएको छ । सन् १९८९ मा बालअधिकार महासन्धीको घोषणा तथा सन् १९९० सेप्टेम्वरमा नेपाल सरकारले अनुमोदन गरे संगै नेपालमा पनि बालअधिकारले प्राथमिकता पाएको देखिन्छ । सोहि महासन्धीलाई आधार बनाएर नेपालमा पनि बालबालिका सम्बन्धी ऐन, नियम, निर्देशिका, नीति तथा रणनीतिहरु तर्जुमा भई कार्यान्वयन समेत हुन थालेको देखिन्छ । बालबालिकाको विचर र अभिव्यक्ति स्वतन्त्रता अनि त्यसको सम्वन्धीत पक्षबाट कार्यान्वयन गरि अर्थपुर्ण बालसहभागिता गराउनकालागि बालभित्ते पत्रिका उपयुक्त माध्यमको रुपमा रहेको देखिन्छ ।

देश भरि नै बालभित्ते पत्रिकाको सान्दर्भिकता वढिरहेको परिप्रेक्षमा सिन्धुली जिल्लामा पनि यसले उल्लेख्य रुपमा प्राथमिकता पाएको देखिन्छ । बालबालिकाले उनिहरुका समस्या तथा सवाल अनि बालबालिकाको क्षेत्रमा समाजमा भएको सकारात्मक कार्यहरुको प्रस्तुति बालभित्ते पत्रिका मार्फत गर्दा उनिहरुका समस्या तथा सवाल सम्बोधनमा स्थानिय तहलगाएतका सरोकारवालालाई ध्यानाकर्षण गर्न सहयोग पुग्नाका साथै बालबालिकाको सिर्जनसिलता र क्षमता विकासमा समेत सहयोग पुगेको देखिन्छ ।

शिक्षक, अभिभावक, बाहिरबाट विद्यालयमा जाने नयाँ व्यक्तीहरुसंग बोल्न हिच्कीचाउने बालबालिकाहरु अहिले तिनै व्यत्तिहरुले पूरागर्नु पर्ने जिम्मेवारि पूरा भए नभएको भनेर छुट्टाई भित्ते पत्रिकामा प्रकासन गर्ने र जिम्मेवार बन्न आह्वान गर्ने भएका छन । यतिमात्र होईन सार्वजनीक महत्व तथा बालबालिकाको हित अभिवृद्धि गर्ने विषयवस्तु संग सम्वन्धीत विषयहरु औपचारिक रुपमा स्थानिय तहका भेला, बैठक तथा समारोहहरुमा प्रसतुत गर्ने र कार्यान्वयनकालागि स्थानिय तहलाई अनुरोध गर्ने तथा दवाव सिर्जना गर्ने सम्माका गतिविधिमा सक्रिय बन्न थालेको पाईन्छ । यसले बालबालिका प्रति बयस्कले हेर्ने नजरमा आमुल परिवर्तन ल्याउनाका साथै बालबालिकाहरुको रचनात्मक सोच र त्यसलाई कार्यान्वयन गर्ने योजनाको खाकाले झनै प्रभावित बनाउने गरेको पाईएको छ । यसबाट बालबालिकाले पनि सकारात्मक परिवर्तनकालागि महत्वपुर्ण योगदान दिन सक्छन् भन्ने पुष्टी गर्न सहयोग पुगेको देखिन्छ ।

सिन्धुली जिल्लामा रिलिफ नेपालले टिडिएच जर्मन, अलहेन्ड एण्ड हर्टस लगायतका साझेदार संस्थाहरुको साझेदारिमा बालभित्ते पत्रिका प्रकाशनका लागि सिन्धुलीका विभिन्न विद्यालयहरुमा सहयोग पु¥याएको छ । बालबालिकालाई बालअधिकार सम्बन्धी क्षमता विकास गर्ने, उनिहरुको समस्या तथा सवाल पहिचान गर्ने तरिका सिकाउने र सो विषयलाई भित्ते पत्रिकामार्फत प्रस्तुत गर्नका लागि संस्थाले तालिम सञ्चालन गर्नुका साथै भित्ते पत्रिका टास्ने सुरक्षित स्थल निर्माण गर्ने साथै पत्रिका प्रकाशनकालागि आवश्यक पर्ने सामग्री समेत सहयोग गर्दै आएको छ ।

संस्थाले निश्चीत समयसम्म यस्तो सहयोग गरेपछि यसकार्यलाई बालक्लव स्वयमंले अघिबढाउने गरेको र आवश्यक सहयोग सम्वन्धीत विदालय तथा स्थानिय तहले पु¥याउने गरेकाले यसलाई पछि सम्म निरन्तर दिन सकिने देखिन्छ । १८ वर्ष पुरा भएका बालबालिकाहरुको स्थानमा नयाँ बालबालिकाहरुले प्रवेश पाउने व्यवस्था गरिएकोले पछिल्ला पुस्ताहरुले गर्दै सिक्ने अवसर प्राप्त गर्ने भएकोले पनि यसलाई निरन्तरता दिन सहज हुने गरेको देखिन्छ ।

तालिमपछि बालबालिकाहरुले तयार पारेका केही भित्ते पत्रिकाहरुः

लेखक दाहाल बालअधिकार अभियन्ता हुन् ।     – सफल नेपाल, सिन्धुली

 


ताजा खबर