शिशुलाई आमाको दूध कहिलेसम्म चुसाउने ? डा. रिता सिंह

आमाको दूूध बच्चाका लागि अमृत समान हुन्छ। ६ महिनासम्म स्तनपान गराउनु अनिवार्य मानिन्छ।

युरोपमा चिकित्सकहरुले जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान गराउन सकिने सल्लाह दिन्छन्। स्तनपानबाट बच्चाको स्वास्थ्य राम्रो हुन्छ र उनीहरु कम बिरामी पर्छन्।

बेलायतका नेशनल हेल्थ सर्भिस (एनएचएस) ले पनि स्तनपानका लागि कुनै समयसीमा तोकेको छैन। यद्यपि एनएचएसले ६ महिनासम्म आमाको मात्र दूध खुवाउने सल्लाह दिएको र त्यसपछि दूधका साथै अन्य खाद्यपदार्थ खुवाउन सकिने सुझाएको छ।

एनएचएसले स्तनपान गराउने कुनै सीमा नतोकेपनि विश्व स्वास्थ्य संगठनले दुुई वर्ष या सोभन्दा बढी समयसम्म स्तनपान गराउन सल्लाह दिएको छ।

www.saphalnepal.com.np

दुूई वर्षपछि स्तनपान गराउँदा अतिरिक्त पोषण प्राप्त हुनेबारेमा एकदम कममात्र तथ्य प्राप्त भएको बीबीसीले जनाएको छ।

२ वर्षपछि पनि स्तनपान गराउँदा बच्चालाई खासै फाइदा नहुने विशेषज्ञको मत रहेको भएपनि स्तनपान गराउनु व्यक्तिगत विषय हो, यसले आमा र बच्चाको मायाप्रेमलाई मजबूत बनाउन मद्धत गर्छ, यसबाट कुनै नोक्सान हुँदैंन, त्यसैले परिवारलाई जे सही लाग्छ, त्यही गर्न सकिन्छ भन्ने बीबीसी हेल्थ रिपोर्टमा उल्लेख छ ।

युनिसेफ भन्छ आमाको दूधले बच्चामा कुनै पनि संक्रमण हुन दिँदैंन। जबसम्म बच्चाले आमाको दूध चुस्न्छन्, उनीहरुलाई मोटोपनाको समस्या पनि हुँदैंन। स्तनपान गराउन आमाका लागि पनि फाइदाजनक हुन्छ। यसले स्तन र अण्डाशय क्यान्सरको खतरा कम गर्छ।

(डा.सिंह काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा बरिष्ठ बालरोग तथा नवजात शिशु विशेषज्ञ हुनुहुन्छ ।)

#स्तनपानअमृतसमान


ताजा खबर