खप्तड गोल्डकपमा उपाधिका लागि थ्री स्टार र सुदूरपश्चिम भिड्ने : विजेता टिमले नगद २१ लाख जित्ने

रुस्लान थ्रीस्टार सर्वाधिक पुरस्कारराशिको सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि होडमा स्थान सुरक्षित गरेको छ ।

आइतबार भएको अन्तिम सेमीफाइनल खेलमा रुस्लान थ्रिस्टारले हिमालयन शेर्पा क्लबलाई एक गोलले पराजित गरी फाइनल यात्रा तय गरेको हो । थ्री स्टारको जितमा पहिलो हाफको २४ औं मिनेटमा आशिष राईले निर्णायक गोल गर्नुभयो । खेलमा थ्री स्टारका अनन्त तामाङ म्यान अफ द म्याच घोषित भइ पुरस्कृत हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।

फागुन २० गते थ्री स्टार आयोजक सुदूरपश्चिम–११ बीच उपाधि भिडन्त हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद २१ लाख एक रुपैयाँ र उपविजेताले १० लाख एक रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । रासस


ताजा खबर