एसीसी टी–२० : मलेसियासँग नेपाल २२ रनले पराजित

थाइल्याण्डमा शनिबारदेखि शुरु एसीसी टी–२० इस्टर्न रिजन प्रतियोगितामा मलेसियाविरुद्धको खेलमा नेपाल २२ रनले पराजित भएको छ ।

टस हारेर बलिङको जिम्मा पाएको नेपालले मलेसियालाई १५४ मा सिमित गरेको थियो ।

नेपालका लागि अनुभवी सन्दीप लामिछानेले ३ विकेट लिए । अनिवाश बोहोराले दुई र करण केसीले १ विकेट लिए ।

मलेसियाका लागि मध्यक्रमका ब्याट्सम्यान सइद अजिज सइद मुबारकले सर्वाधिक ५१ रन बनाए ।

१५५ को लक्ष्य पाएको नेपालका लागि फेरि पनि शुरुवात सुखद रहेन । ओपनर कुशल मल्ल दोस्रो बलमै विना रन पभेलियन फर्किएका थिए ।

पूर्व कप्तान पारस खड्काले पनि ९ रनमात्र जोडन सके ।

कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले समान ३८–३८ रन बनाउँदै इनिङलाई बलियो बनाएका थिए ।

पवन सर्राफले १९ रन बनाए । आरिफ शेख पनि ५ रनमै आउट हुन पुगे ।

१९.४ ओभरमै अलआउट नेपालका बाँकी कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।


ताजा खबर