लोकप्रिय गीतकार दाहालको राष्ट्रिय गीत ‘ए झण्डा’ सार्वजनिक (अडियो सहित)

लोकप्रिय गीतकार रमेश दहालको रचना रहेको ए झण्डा राष्ट्रिय गीत सार्वजनिक भएको छ ।

चर्चित संगीतकार सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध सुप्रसिद्ध गायक रामकृष्ण ढकालको स्वरमा स्वरबद्ध राष्ट्रिय गीतको यसै साता बजारमा आएको हो ।

नेपालको राष्ट्रिय झण्डाका बारेमा लेखिएको गीत ‘ए झण्डा तिमी सधै फर्फराउनु’ले झण्डा देशको शान भएको र झण्डाहरुबिच राष्ट्रिय झण्डाको गरिमा सधै उच्च हुनुपर्नेमा जोड दिएको छ ।

संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा मनोहर सुनामको सङ्गीत संयोजनमा रेकर्ड भएको ‘ए झण्डा तिमी सधै फर्फराउनु’ बोलको गीतको म्युजिक भिडियो समेत बन्ने क्रममा छ ।

प्रशिद्ध ध्वनी सम्पादक भोला पौडेलको मिक्सिङ्गमा बनेको यस राष्ट्रिय भावको गीत  रमेशको गीतसँग्रह ‘हिउँको फूल‘मा संलग्न छ ।

एक पछि अर्को उत्कृष्ट गीत लेख्दै आएका गीतकार दाहालको गत बर्ष ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियशी’ बोलको गीत निकै चर्चामा रह्यो ।

संगीतकार शक्तिबल्लभ श्रेष्ठको सङ्गीत तथा गायक सुमित खड्काको स्वरमा रहेको सो गीतले नेपाली नेपाली बीचमा शान्ति कायम गरी देशको विकासमा लाग्न अनुरोध गरेको थियो ।

हालै रेकर्ड भै युट्युबमा राखिएको ‘ए झण्डा तिमी सधै फर्फराउनु’ गीतले विश्वको जुनसुकै कुनामा गए पनि रातो र चन्द्रसुर्य अंकित नेपाली झण्डा गर्वले फहराउनु पर्छ भन्ने आग्रह गरेको छ ।

व्यक्ति जन्मेर मर्ने क्रम जारी रहन्छ तर झण्डा लाखौ बर्ष बाँच्नुपर्छ भन्ने आशय गीतले ब्यक्त गर्दछ ।

झण्डाहरुको माझ नेपालको झण्डा सधै उच्च रहनुपर्छ र यसले नेपालको सम्पूर्ण भूगोल समेटेर राख्नुपर्छ गीतले बोल्दछ ।

नेपाली झण्डाले मेची र काली, हिमाल र तराई अनि जातजाती बीच सधै समानता कायम गर्न सकोस् भन्ने आशय गीतमा व्यक्त गरिएको छ । बिगत लामो समयदेखि गीत लेखनमा सकृय गीतकार रमेशका

यसै बर्ष ‘पूर्वको बादल’, ‘हातमा घडी’ लगायतका गीतहरु चर्चित भैसकेका छन् भने दर्जनौ गीत रेकर्ड भै बजारमा आउने क्रममा छन् ।

गीत यस्तो छ … 


ताजा खबर