‘राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्य प्रधानमन्त्रीको विशेषाधिकार हो’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्य प्रधानमन्त्रीको विशेष अधिकार हुने बताएको छ। नेकपा सचिवालयको बुधबारको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा पठाउने निर्णय गरेकोबारे यस्तो बताएको हो।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा युवराज खतिवडालाई राष्ट्रियसभामा आगामी ६ वर्षका लागि मनोनीत गर्न चाहेका छन्,जसलाई बाधा पार्ने प्रयास पार्टीको हो। उनले खतिवडालाई सिफारिस गर्ने जानकारी नेताहरूलाई दिइसकेका  छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिएल नेपाली सेवासँग भने, ‘राष्ट्रपतिबाट गर्ने निर्णय प्रधानमन्त्री र सरकारको विशेषाधिकार हो। वामदेव गौतमलाई राष्ट्रियसभा पठाउने भन्ने सैद्धान्तिक निर्णय हो,राष्ट्रपतिबाट मनोनीत हुने कोटामा गौतम नै जाने भन्ने निर्णय भएको होइन।’

थापाले प्रधानमन्त्री ओलीले संविधान संशोधन गरी राष्ट्रियसभामा मनोनीत सिट थप्न प्रस्ताव गरेको र संकटकालीन अधिकार हेरफेर गर्न चाहेको भनि आएका समाचारको पनि खण्डन गरे। – रासस


ताजा खबर